सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ओलीको दाबी– म प्रधानमन्त्री भएपछिमात्रै औद्योगिकरण प्राथमिकतामा परेको हो

ओलीको दाबी– म प्रधानमन्त्री भएपछिमात्रै औद्योगिकरण प्राथमिकतामा परेको हो

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औद्योगीकरणलाई आधुनिक र प्रविधियुक्त बनाउन नसकिएको बताएका छन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औद्योगीकरणलाई आधुनिक र प्रविधियुक्त बनाउन नसकिएको बताएका छन्। बुधबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

नेपालमा उद्योगको इतिहास लामो नभए पनि मुलुकले समयानुकूल विकास गर्न नसकेको उनले बताए। ओलीले भने, ‘ढुंगे युगबाट मानव यहाँ आउँदासम्म मुलुकले समयसापेक्ष औद्योगीकरण गर्न नसकेकै हो। यो विगतका शासकहरुको उपज हो।’ आफू प्रधानमन्त्री भएपछि मात्रै औद्योगिकरणलाई प्राथमिकतामा ल्याएको उनको भनाइ छ। त्योभन्दा अघि औद्योगिकरणको चेतनासमेत विकास नभएको उनको जिकिर थियो।

प्रकाशित: Apr 06, 2022| 14:38 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्