बिहीबार, साउन २८, २०८३

पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण

चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ। भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

बैतडी- जिल्लाको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन्। पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन्।

चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ। भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ।

पञ्चेश्वर गाउँपालिकाको १६ कोठे भवन महादेव कन्सट्रक्शनले करिब दुई करोडको लागतमा निर्माण गरेको हो। शिवनाथको पनि सोही परिमाणको लागतमा भवन निर्माण गरिएको हो। आर्थिक वर्ष २०७५/७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि दुई करोड विनियोजन गरिएको थियो‍। विसं २०७६ मा ठेक्कामार्फत भवन निर्माण थालिएको हो।

स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या भइरहेकामा अब त्यो समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। भवन निर्माणसँगै सेवा सुरु गरिएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन्।

भवन निर्माण गरी सञ्चालनमा आएपछि सेवाप्रवाहमा सहजता आएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए।

प्रकाशित: Apr 06, 2022| 13:00 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।