सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रुस-युक्रेनको युद्धले हामीलाई चुनौती दिएको छ : अर्थमन्त्री शर्मा

रुस-युक्रेनको युद्धले हामीलाई चुनौती दिएको छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले रुस र युक्रेनको युद्धले नेपाललाई चुनौती दिएको बताएका छन्। मंगलबार काठमाडौंको चोभार सुख्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले रुस र युक्रेनको युद्धले नेपाललाई चुनौती दिएको बताएका छन्। मंगलबार काठमाडौंको चोभार सुख्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

'रुस-युक्रेनको युद्धले हामीलाई चुनौती दिइरहेको छ। हाम्रो अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ। त्यस कारण यो सुख्खा बन्दरगाह आयातको केन्द्रविन्दु मात्रै नभएर निर्यातको एउटा महत्वपूर्ण केन्द्र बन्नु पर्दछ,' उनले भने। 

खानेकुराको आयातलाई क्रमशः अन्त्य गर्दै निर्यात गर्ने ठाउँमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो। कार्यक्रमा उनले काठमाडौं अब समुद्रसम्म जोडिएको समेत उल्लेख गरेका थिए। 

'अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँछ। हामी सडक मार्फत अब सिधै समुद्रसँग जोडिएका छौं। समुद्रको किनारबाट भरिने कन्टेनरहरु सिधै यस बन्दरगाहमा आउने छन्। जाँच पास लगायतका कुराहरु यहीबाट हुने छन्,' अर्थमन्त्री शर्माले भने, 'व्यापार सहजिकरणमा यसले महत्वपूर्ण योगदान पुर्‍याउने छ। लागत र समयका देष्ट्रिकोणले हामी थप उपलब्धि लिने छौं। लागत पनि कम हुने छ।'

नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले २०७८ असारमा नै बन्दरगाह संरचनाको निर्माण सम्पन्न भएको जानकारी दिए। बन्दरगाहमा ५ सय कन्टेनर ५ सय ट्रकको अट्ने गरी ६५ हजार वर्गकिलोमिटरको पाकिङ क्षेत्र छ। सुख्खा बन्दरगाह करिव १ अर्ब ५४ करोडको लागतमा निर्माण सम्पन्न भएको गजुरेलको भनाइ छ।

'२०७५ सालको असारमा सम्झौता भइ माघ १३ गते शिल्यानास भइ निर्माण कार्य सुरु भएको सुख्खा बन्दरगाह संरचनाको निर्माण कार्य कोरोना महामारीको प्रकोप सामान गर्दै २०७८ असारमा निर्माण सम्पन्न भएको हो। सुख्खा बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रकको लागि ६५ हजार वर्गकिलोमिटर पाकिङ क्षेत्र भन्सार भवन र क्वारेन्टाइन क्षेत्र निर्माण गरिएको छ। बन्दरगाहमा आवश्यक सबै पूर्वाधारहरुको निर्माण गरिएको छ,' गजुरेलले भने, 'करिव १ अर्ब ५४ करोडको लागतमा निर्माण सम्पन्न भएको सख्खा बन्दरगाह निर्माण तथा सञ्चालनले देशमा बढ्दो व्यापार घाटालाई कम गर्न निर्यात प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ। मुलुकको वस्तु आयात र निर्यातमा लाग्ने समय र लागत वृद्धि भइरहेको अवस्थामा बन्दरगाहले आन्तरिक र वैदेशीक व्यापार सहज बनाउन महत्वपूर्ण भूमिका पुग्छ।’

कार्यकारी निर्देशक गजुरेलले सख्खा बन्दरगाह निर्माण तथा सञ्चालनले देशमा बढ्दो व्यापार घाटालाई कम गरी निर्यात बढाउन सहयोग पुर्‍या अपेक्षा गरिएको बताए। 

प्रकाशित: Apr 05, 2022| 20:03 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्