शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कविताको हत्यामा 'बेस्ट फ्रेन्ड'कै संलग्नता, मनमुटावको कारण खोतल्दै प्रहरी

कविताको हत्यामा 'बेस्ट फ्रेन्ड'कै संलग्नता, मनमुटावको कारण खोतल्दै प्रहरी

‘त्यसपछि हामीले अनिता र अर्का उनका दाइ पर्नेलाई पक्राउ गरेका हौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनीहरुको शरीरमा पनि केही चोटपटक देखियो जसले पनि हामीलाई अनुसन्धान नजिक पुग्न सहयोग पुर्‍यायो।’
 |  मंगलबार, चैत २२, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, चैत २२, २०७८

काठमाडौं- उदयपुर बेलका नगरपालिकास्थित बुद्धचौककी कविता सुनुवारको हत्यामा ‘बेस्ट फ्रेन्ड’कै संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अनुसन्धानले उनकी ‘बेस्ट फ्रेन्ड’ अनिता (परिवर्तित नाम) र अनिताको दाइ पर्ने ठूलो बुबाको छोरा विनोद ढकालको संलग्नता देखिएको हो। 

triton college

‘दुवै जना अहिले हाम्रो नियन्त्रणमा छन्,’ जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख एसपी सुवासचन्द्र बोहराले भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धान र केही प्रमाणले उनीहरुकै संलग्नता देखियो। घरबाट टियुसन हिडेका उनीहरुबीच मनमुटाव भएपछि हत्या गरेको देखिन्छ। तर, के कारण कस्तो मनमुटाव भएको हो, ठ्याक्कै खुलिसकेको छैन। हामी अनुसन्धानकै चरणमा छौं।’ 

मंगलबार बिहान करिब ७ बजेको समयमा यसोदा खोला नजिकै घरबाट टिउसन पढ्न स्कुल हिडेकी कवितालाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरीले कविताको मोबाइल कल डिटेल केलाउँदा अन्तिम कल बिहान ४ बजेको समयतिर उनको सबैभन्दा मिल्ने साथी अनितासँग भएको देखियो। त्यसपछि स्कुलमा भेरिफाइ गर्दा नियमित टिउसन आउने ति साथी आज स्कुल नगएको देखियो। 

‘त्यसपछि हामीले अनिता र अर्का उनका दाइ पर्नेलाई पक्राउ गरेका हौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनीहरुको शरीरमा पनि केही चोटपटक देखियो जसले पनि हामीलाई अनुसन्धान नजिक पुग्न सहयोग पुर्‍यायो।’ 

अनुसन्धानका क्रममा कविता करिब १५–२० दिन यता टिउसन नगएको र आज अनिताकै पहलमा घरबाट हिँडेको समेत देखिएको छ। कविता पढ्ने कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य नारायण शाहले पनि यसलाई पुष्टि गरे। ‘स्कुलकी उनी नियमित र अब्बल विद्यार्थी थिइन्, प्रतिष्पर्धामा सधैँ सेकेन्ड हुन्थिन्,’प्रधानाध्यापक शाहले भने, ‘तर, पछिल्लो १५–२० दिनयता उनी टिउसन आइरहेकी थिइनन्। परिवारका अनुसार बाथको बिरामी थियो। तर, आजबाट टिउसन जाने भनेर हिडेकी रहिछिन्। स्कुलमा उनकी बेस्ट फ्रेन्ड भनेर चिनिएकी अनिताले ओए! ट्युसन जान्नस्’ भनेर कल गरेपछि ‘जान्छु’ भनेर हिँडेको सुनियो। तर, बीच बाटोमै उनको हत्या भएछ। कसरी भयो थाहा छैन।’

Metro Mart
vianet

कविताको हत्या भएको थाहा पाएपछि टिउसन नआएकी अनितालाई पनि स्कुलले सम्पर्क गरेको थियो। प्रधानाध्यापक शाहका अनुसार जवाफमा उनले आफु भान्सामा भात पकाउँदै गरेको बताएकी थिइन्। जबकी प्रहरीको अनुसन्धानले अनिता, उनका दाइ र कविता बाटोमा सँगै हिडेको पाइयो। ‘उनीहरुबीच बाटोमै भनाभन भएछ, त्यसपछि कवितालाई ढुंगा प्रहार गरेर हत्या गरेको देखिन्छ, ’ एसपी बोहराले भने । पक्राउ परेका विनोदचाँही अर्कै स्कुलका विद्यार्थी हुन्। बहिनीलाई स्कुल पुर्‍याइदिने भन्दै उनी घरबाट हिँडेको बुझिएको छ।  

‘स्कुल हिडेकी कविताको बीचबाटोमै क्रुर हत्या भएको छ,’ वेलका नगरपालिकाका मेयर दुर्गाकुरमा थापाले नेपालसमयसँग भने, ‘बिहान ४ बजे नै उठेर स्कुल हिडेकी उनी घरबाट १५ मिनेट पर पुगेपछि एउटा सानो खोल्ची आउँछ। घटनस्थललाई नियाल्दा खोल्चीदेखि पारीपट्टी गएपछि उनीमाथि आक्रमण भएको देखिन्छ। बाटोमा भेटिएको लतपतिएको रगतले झन्डै २५ मिनेटको दुरीसम्म उनलाई घसारेर लगेपछि एउटा ढुंगोमा पुर्‍याएर घोप्टो पारेर माथिबाट ढुंगाले टाउकोमा हानेको देखिन्छ।’ 

प्रकाशित: Apr 05, 2022| 16:31 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।