बुधबार, चैत ४, २०८२

बेलायतमा कोरोना संक्रमितका नयाँ लक्षण थपिए

बेलायतमा कोरोना भाइरस संक्रमितमा नयाँ लक्षण थपिएका छन्।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं– बेलायतमा कोरोना भाइरस संक्रमितमा नयाँ लक्षण थपिएका छन्। त्यहाँको हेल्थ सेक्युरिटी एजेन्सीले जारी गरेको निर्देशिकाअनुसार संक्रमितहरुमा घाँटी दुख्ने, जिउ दुख्ने, पखाला लाग्नेलगायत लक्षण देखिएका हुन्।

National life

महामारी सुरु भएको दुई वर्षपछि बेलायतमा यस्तो भएको हो। नेसनल हेल्थ सर्भिसेजले धेरै नयाँ लक्षण रुघाखोकी र फ्लुका लक्षणसँग मिल्दोजुल्दो रहेको भन्दै होसियार रहन भनेको छ।

यसअघि कोभिड संक्रमितमा ज्वरो आउने, तारन्तार खोकी लाग्ने, गन्ध वा स्वाद हराउने आदि लक्षण देखिएका थिए। महामारीको सुरुवातदेखि नै यी तीनैलाई प्रमुख लक्षण भनिएको थियो। 

बेलायतमा अब कोभिडका लक्षणमा नौ लक्षण थपिएका छन्। तिनमा श्वासप्रश्वासमा असहज, थकान, जिउ दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, सिँगान बग्ने वा नाक बन्द हुने, भोक नलाग्ने, नलाग्ने, पखाला लाग्ने, बिरामी महसुस हुने छन्।

बेलायतमा हालसम्म ४९ लाख मानिसलाई कोभिड संक्रमण भएको छ। अहिले त्यहाँ निःशुल्क परीक्षण बन्द गरिएको छ। नेसनल हेल्थ सर्भिसेजले कोभिडका लक्षण र ज्वरो देखिए सकेसम्म घरमै बस्न र अन्य व्यक्तिबाट टाढै बस्न सुझाव दिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 05, 2022| 11:16 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्