काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्री दर १२१ रुपैयाँ १८ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ १५ पैसा र बिक्री दर १५८ रुपैयाँ ९३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०३ पैसा र बिक्री दर १३० रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ६२ पैसा र बिक्री दर ९१ रुपैयाँ ०७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९६ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ८३ पैसा र बिक्री दर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ १४ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर ३३ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर