काठमाडौं- नेपाल स्टक एक्स्चेन्च (नेप्से) कारोबार आज (सोमबार) बढेको छ। आइतबार १८ करोड ४९ लाख ९ हजार २७० रुपैयाँ कारोबार भएकोमा सोमबार ६० प्रतिशत बढेर २९ लाख ६१ हजार ५६ हजार २५२ रुपैयाँको भएको छ।
नेप्से परिसूचक भने सामान्य अंकले घटेको छ। परिसूचक ०.४४ अंक घटेर एक हजार १९४.३८ विन्दुमा पुगेको छ। ‘क’ वर्गको कम्पनी मापक सेन्सेटीभ इण्डेक्स ०.०७ प्रतिशत बढेर २५१.६२ विन्दुमा पुगेको छ।
सोमबार १७० कम्पनीहरुको ३ हजार ६६४ शेयर १२ लाख ८४ हजार ९४४ पटक खरिद बिक्री भएको छ। उक्त खरिदबिक्रीबाट २९ लाख ६१ हजार ५६ हजार २५२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नेप्सेमा आएका दश समूहमध्ये ६ वटा समूहको परिसूचक घटेको छ भने ४ समूहको परिसूचक बढेको छ। होटल, हाइड्रोपावर, नन लाईफ इन्स्योरेन्स, अन्य समूह, माइक्रोफाइनेन्स र लाई इन्स्योरेन्स समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी लाईफ इन्सोरेन्स समूहको परिसूचक २०.५१ अंकले घटेको छ।
वैंकीङ, विकास बैंक, फाइनान्स र उत्पादनमुलक समूहको परिसूचक बढेको छ। जसमा सबैभन्दा बढी उत्पादनमुलक समूहको परिसूचक ४.६६ प्रतिशत बढेको छ।
त्यस्तै नेप्सेमा आएका विभिन्न कम्पनीहरुमध्ये सबैभन्दा बढी नेपाल सेभा लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले कमाएका छन्। प्रति कित्ता शेयर बराबर ५.८३ प्रतिशत कमाएका छन्।
सबैभन्दा बढी सीटी एक्स्प्रेस फाइनान्स कम्पनीका लागनीकर्ताले गुमाएका छन्। प्रतिकिक्ता शेयर बराबर ९.५२ प्रतिशतले लागनी गुमाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४