काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सयले घटेको हो।
सोमबार छापावल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको छ।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार ९९ हजार ३ सय रुपैयाँमा छापावल र ९८ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो भने चाँदीको १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो।