सोमबार, असोज १२, २०८३

६ निर्माण कम्पनी कालोसूचीमा

समयमा काम पुरा नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले एक विदेशीसहित ६ निर्माण कम्पनलाई कालोसूचीमा राखेको हो।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- समयमा काम पुरा नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले  एक विदेशीसहित ६ निर्माण कम्पनलाई कालोसूचीमा राखेको हो। 

विभिन्न सरकारी निकायको आग्रहपछि स्पष्टीकरण सोधेको कार्यालयले चित्तबुझ्दो जवाफ नआएपछि उनीहरूलाई कालोसूचीमा राखेको जनाएको छ। कालोसूचीमा राखिएको अवधि एकदेखि तीन वर्षसम्म छ।

कार्यालयले भारतीय कम्पनी टिबिइए इनर्जी प्राइभेट लिमिटेड कन्सोर्टिएम विथ पिपी इण्डष्ट्रिज प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ। नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो।

त्यसैगरी, चिराग कन्स्ट्रक्सन, कर्णाली विल्डर्स, फैजल एण्ड अफजल कन्स्ट्रक्सन, कुशलदेव निर्माण सेवा र तितुङ कन्स्ट्रक्सन प्रालिलाई पनि कबुलअनुसारको काम नगरेपछि कालोसूचीमा राखिएको छ। 

यी कम्पनीलाई क्रमशः सडक डिभिजन, दमौली, संघीय आयोजना कार्यान्वयन एकाई, धनुषा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र नौकुण्ड गाउँपालिका, रसुवाले कालोसूचीमा राख्न पत्राचार गरेको आधारमा काचो सूचीमा राखिएको कार्यालयले जनाएको छ।



प्रकाशित: Apr 04, 2022| 10:36 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्