सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिमरामा औद्योगिक पूर्वाधार बनाउन सेज र निफ्राबीच सम्झौता

सिमरामा औद्योगिक पूर्वाधार बनाउन सेज र निफ्राबीच सम्झौता

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)बीच सिमरा औद्योगिक पूर्वाधार निर्माण गर्ने सम्झौता भएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)बीच सिमरा औद्योगिक पूर्वाधार निर्माण गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार सिमरा सेजको ब्लक ‘ए’ र ‘बी’ मा निफ्राले उद्योग विस्तारका लागि लगानी गर्नेछ। 

सम्झौतापत्रमा निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र सेजका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले आइतबार हस्ताक्षर गरेका हुन्। 

निफ्राले पाँचखालमा पनि सेज निर्माणका लागि प्राविधिक र वित्तीय संभाव्यताका पक्षमा अध्ययन गर्ने जनाएको छ। दुवै क्षेत्रको सेज निर्माणका लागि पाँच अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने निफ्राले जनाएको छ। 

यो सम्झौतासँग सरकारी औद्योगिक क्षेत्रमा निजी क्षेत्रको औपचारिक रुपमा प्रवेश भएको निफ्राले जनाएको छ। यो योजनालाई पाइलट प्रोजेक्टको रुपमा अघि बढाउने सेजका निर्देशक भट्टले आइतबारको कार्यक्रममा बताए। 

प्रकाशित: Apr 03, 2022| 19:24 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्