मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कार्यवाहक प्रधानमन्त्रीले निर्देशन दिए पनि निजी पेट्रोल पम्प बन्द

कार्यवाहक प्रधानमन्त्रीले निर्देशन दिए पनि निजी पेट्रोल पम्प बन्द

शनिबार साँझ पेट्रोलियम ढुवानीकर्तासँगको वार्तापछि कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले आपूर्ति सहज बनाउन निर्देशन दिए पनि काठमाडौंका निजी पेट्रोल पम्प खुलेका छैनन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं– शनिबार साँझ पेट्रोलियम ढुवानीकर्तासँगको वार्तापछि कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले आपूर्ति सहज बनाउन निर्देशन दिए पनि काठमाडौंका निजी पेट्रोल पम्प खुलेका छैनन्।

काठमाडौंका नयाँबानेश्वर, चाबहिल, कोटेश्वरलगायतका अधिकांश स्थानका पेट्रोल पम्पमा सटर लगाइएको छ। कतिपय स्थानमा ‘पेट्रोल छैन’ लेखिएको ब्यानर झुण्डाइएको छ। उपभोक्ता भने इन्धन पाउने आशमा बन्द पेट्रोल पम्पबाहिर लाइन बसिरहेका छन्। 

काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रजिअ गोविन्दप्रसाद रिजालले भने सरकारसँगको वार्तापछि ढुवानीकर्ताले आपूर्ति गरिरहेको दाबी गरे।  ‘व्यवसायीहरूले पम्प खोल्ने, आपूर्ति सहज बनाउने भनिसकेका छन्। एक–दुई दिनमा सहज हुन्छ होला’, प्रजिअ रिजालले नेपाल समयसँग भने।

प्रकाशित: Apr 03, 2022| 15:41 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्