सोमबार, असोज १२, २०८३

सुनको मूल्य तोलामा चार सयले घट्यो

सुनको मूल्य आइतबार तोलामा चार सय रुपैयाँले घटेको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- सुनको मूल्य आइतबार तोलामा चार सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ।

यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँ रहेको थियो। आइतबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य भने स्थिर रहको छ। 

शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कोरोबार भइरहेको छ।

प्रकाशित: Apr 03, 2022| 11:09 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्