सोमबार, असोज १२, २०८३

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्। 

कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो। रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो। 

ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। 

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। 

प्रकाशित: Apr 03, 2022| 10:10 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्