सोमबार, असोज १२, २०८३

आजदेखि सबै पेट्रोल पम्प खुल्ने, इन्धन भर्न सहज

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमति भएसँगै आज आइतबारदेखि पेट्रोलियम पदार्थको बिक्री सहज हुने भएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमति भएसँगै आज आइतबारदेखि पेट्रोलियम पदार्थको बिक्री सहज हुने भएको छ।

शनिबार राति सहमति भएसँगै आज बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ। साथै पेट्रोल पम्पहरुले पनि इन्धन बिक्री गर्नेछन्।

पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धीको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमले जनाएको छ।

प्रकाशित: Apr 03, 2022| 06:52 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्