सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चार बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

चार बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

चार बुँदे सहमति भएपछि पेट्रोलियम व्यवसायीहरुका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएका छन्। निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- चार बुँदे सहमति भएपछि पेट्रोलियम व्यवसायीहरुका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएका छन्। निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो। 

पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्मको सक्नेगरी सहमति भएको हो। चैत ६ गतेदेखि ग्यासको पीडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोडअनलोड बन्द गरेका उनीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति गर्दै आन्दोलन फिर्ता गरेका हुन्।

 समहतिसँगै विरोधका कार्यक्रमहरु आजकै मितिबाट स्थगन गरी इन्धन कारोबार यथावत् राख्ने निर्णय गरिएको छ। 

 बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका थिए।


प्रकाशित: Apr 02, 2022| 22:07 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्