सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्धन आपूर्ति सहज बनाउन कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन

इन्धन आपूर्ति सहज बनाउन कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्।

पेट्रोलियम पदार्थको सम्भावित आपूर्ति रोकावट र मूल्य वृद्धिलगायत समस्यालाई मध्यनजर गर्दै उपभोक्ता पेट्रोल पम्पमा लामो लाइन लाग्न थालेपछि कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री खाणले सरकारी अधिकारीहरूसँग कुराकानी गरेका हुन्। 

खाँणले आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएको बताइएको छ। उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुनुपर्ने पनि चेतावनी दिएका थिए।

व्यवसायीहरूले पेट्रलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न खाँणबाट निर्देशन आएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको आयल निगमका कार्यवाहक महानिर्देशक गोइतले बताएका छन्।

पेट्रोल ढुवानी तथा बिक्रीणमा देखिएको समस्या सुल्झाउन शनिबार साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि गोइतले जानकारी दिए। पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुंग्याउन कार्यवाहक प्रधानमन्त्री खाँणले निर्देशन दिएको बताए। ‘हाम्रा माग सामान्य छन्, निगमलाई भनिदिनुस्, हामी वार्तामार्फत सहमति गर्न तयार छौं भन्ने जवाफ दिएका छौं,’ उनले भने।

प्रकाशित: Apr 02, 2022| 16:36 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्