काठमाडौं- पछिल्लो एक सातामा नेपाली शेयर बजारका लगानीकर्ताले खर्बौं गुमाएका छन्। साताभरमा शेयर बजार मापक नेप्से परिसूचक साढे २.६५ प्रतिशतले घट्दा लगानीकर्ताले खर्बौं गुमाउन पुगेका हुन्।
गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६१३.६७ विन्दुमा बन्द भएको थियो। यो साताको अन्तिम कारोबार बन्द हुन्दा नेप्से २५४४.३० विन्दुसम्म झरेको छ। यो विन्दू गत साताको नेप्से सूचक भन्दा ६९.३७ अंक कम हो।
बजारमा आएको यो गिरावटमा लगानीकर्ताको पुजीँमा साढे दुई प्रतिशत भन्दा बढी गिरावट आएको हो। अर्थात साताको अन्तिम कारोबार दिनसम्म आउँदा लगानीकर्ताले ९३ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ गुमाएका हुन्।
गत साताको अन्तिम कारोबारपछि कूल बजार पुँजीकरण ३७ खर्ब ५ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ थियो। यो साता बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३६ खर्ब १२ अर्ब २७ करोड ३४ लाख रुपैयाँमा सीमित छ।
नेप्से परिसूचक र र पुजीँकरणमा गिरावट आएपनि कारोबार रकममा भने वृद्धि भएको छ।
यो साता कुल १३ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने गत साता यस्तो रकम १२ अर्ब ६८ करोड १५ लाख रुपैयाँमा सीमित थियो।