सोमबार, असोज १२, २०८३

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ८८ पैसा र बिक्री दर १५९ रुपैयाँ ६६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ८५ पैसा र बिक्री दर ९१ रुपैयाँ ३१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३३ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ८८ पैसा र बिक्री दर ९ रुपैयाँ ९३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०१ पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Apr 02, 2022| 07:15 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्