मंगलबार, असोज १३, २०८३

मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरु

विराटनगरमा शुक्रबारदेखि मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरु भएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

विराटनगर– विराटनगरमा शुक्रबारदेखि मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरु भएको छ। चैत २६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा कृषि उत्पादन, घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुद्वारा उत्पादित वस्तुका अतिरिक्त नेपाली कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खजिन्य, कृषिजन्य तथा औद्योगिक उत्पादन, अटोमोबाइलको प्रर्दशनी एवं विक्रीका लागि राखिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए। 

एक्स्पोमा भारत, बंगलादेश, पाकिस्तानका उत्पादित वस्तुहरु लत्ताकपडा, खाद्यान्न, मेशिनरी औजार लगायतका औद्योगिक उत्पादन राखिनेछन्। वातानुकूलित र कुलरसहित ३०० स्टलमा प्रदर्शनी सुरु भएको छ। 

एक्स्पोमा रिभर्स बन्जी, जिप साइकलिङ लगायतका साहसिक खेलकुद र सेल्फी जोनको व्यवस्था गरिएको छ। आन्तरिक र बाह्य पर्यटक भित्र्याउने यस वर्ष मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमुनाहरु (लण्डन व्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल आदी) मुख्य आकर्षण रहेको रिजालले बताए। एक्स्पो  अवधिभर रु ५० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको  रिजालको भनाइ छ। 

एक्स्पोको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सार्वजनिक सम्पत्तिमा कसैलाई भ्रष्टाचार गर्न नदिने बताए। उनले पशुपति नाथ धर्मशाला र नाराणहिटी दरबारको जग्गामा भएको ठेक्का अनियमितामा नियन्त्रण गरि भ्रष्टाचार रोकी जनतालाई सुशासनको अनुभूति गराएको धारणा बताए। 

प्रदेश १ स्वास्थ्यमन्त्री जयराम यादवले जात, धर्म नभनी मुलुकको विकासका सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए। विराटनगर महानगरपालिकाका प्रमख भीम पराजुलीले विराटनगरले आधा दर्जन प्रधानमन्त्री र अर्थमन्त्री दिए पनि  यस क्षेत्रको विकासमा चासो नदिएको गुनासो गरे।

प्रकाशित: Apr 01, 2022| 17:04 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्