मंगलबार, असोज १३, २०८३

सिभिल बैंकको नगदरहित अभियान बेगनासतालमा

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताए।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- सिभिल बैंकले कास्की जिल्लास्थित बेगनासतालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ। विद्युतीय कारोबारमा डुंगा व्यवसायीलाई जोड्नका लागि क्युआर कोड वितरण गरिएको बैंकले जानकारी दिएको छ।  

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताए। 

बैंकले आफ्नो ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार व्यवसायमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए। 

करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ। 

प्रकाशित: Apr 01, 2022| 16:51 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्