मंगलबार, असोज १३, २०८३

नेष्डोमा १० कित्ता सेयर पर्नेलाई साढे ९ हजार नाफा!

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भई चैत्र १४ गतेदेखि कारोबार सुरु भएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भई चैत्र १४ गतेदेखि कारोबार सुरु भएको छ। लघुवित्तको पहिलो कारोबार नै प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा भएको थियो।

नेप्सेले नेष्डोको पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम २६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसासम्म तोकेको थियो। सोही आधारमा लघुवित्तको पहिलो कारोबार अधिकतम मूल्यबाट भएको थियो।

हालसम्म कम्पनीको सेयर कारोबार भएको चार मात्र भएको छ। कारोबारपश्चात् बिहीबार कारोबार समय बन्द हुँदा कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ५५ रुपैया ७० पैसा पुगेको हो।  

आईपीओमा लघुवित्तको १० कित्ता सेयर परेका लगानीकर्ताले ४ कारोबार दिनमा १० हजार ५५७ रुपैयाँ बनाएका छन्। यसमा उनीहरूले १ हजार रुपैयाँ लगानी गरेका थिए। 

प्रकाशित: Apr 01, 2022| 16:44 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्