मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री देउवासँगै एक दर्जन व्यापारी भारत भ्रमणमा

प्रधानमन्त्री देउवासँगै एक दर्जन व्यापारी भारत भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा एक दर्जन उद्योगी तथा व्यापारी गएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गएका प्रधानमन्त्री देउवाको ५० सदस्यीय टोलीमा एक दर्जन व्यापारी पनि समावेश भएका हुन्।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा एक दर्जन उद्योगी तथा व्यापारी गएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गएका प्रधानमन्त्री देउवाको ५० सदस्यीय टोलीमा एक दर्जन व्यापारी पनि समावेश भएका हुन्।

नेपाल उद्योग वाणिज्य महाससंघका अध्यक्ष शेखर गोल्छासहित १३ जना उद्योगी/व्यवसायी भारत पुगेका छन्। भ्रमण दलमा महासंघकी पूर्वध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवम् पूर्वध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाई पनि सहभागी छन्

त्यसैगरी भरत आचार्य, अम्बिकाप्रसाद पौडेल, हेमराज ढकाल, प्रकाशसिंह कार्की, र विजयसिंह वैद्यलगायत पनि प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी छन्।

नेपाल र भारतबीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढीकरण गर्नका लागि उद्योगीको उत्सासहजनक सहभागिता रहेको महासंघले जनाएको छ। भ्रमणमा गएका व्यावसायीहरुले भारतीय उद्योग परिसंघसँग छलफल तथा समन्वय गर्ने बताइएको छ। 

प्रकाशित: Apr 01, 2022| 16:17 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्