सोमबार, मंसिर २२, २०८२

प्रधानमन्त्री देउवा भारत प्रस्थान [तस्बिरहरू]

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा दिल्ली प्रस्थान गरेका हुन्।
 |  शुक्रबार, चैत १८, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा दिल्ली प्रस्थान गरेका हुन्।

National life

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले विदाई गरेको थियो। प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँणलगायत विमानस्थल पुगेका थिए।

उनी भारतीय समय अनुसार दिउँसो २:५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन्।

प्रधानमन्त्री देउवासँग आज अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन्। त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्।

Laxmi sunrise bank
kumari

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ।


 




प्रकाशित: Apr 01, 2022| 13:24 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...