काठमाडौं- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १० निर्णय गरेको छ। बैठकले राष्ट्रिय भूमि आयोग गठन बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय भएको बताए।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गर्ने भारत भ्रमणमा सहभागी हुने प्रनिधिमण्डलको गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ।
यसैगरी, बैठकले अरुण–३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने गराउने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त बसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्ड गठन गर्ने, आयोजनाको बहुवर्षीय ठेक्कसम्बन्धि (दोस्रो संशोधन) मापदण्ड, २०७८ स्वीकृत गर्ने र नेपाल-कम्बोडिया टिफा काउन्सिलको प्रथम बैठक भर्चुअल माध्यमबाट आयोजना गर्न स्कीकृत दिने निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णय