आइतबार, जेठ ६, २०८१

एक करोडभन्दा बढी कोरोनाविरुद्धको खोप स्टोरमै थन्कियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत १५ सम्म ३ करोड ९८ लाख २४ हजार ७८ डोज खोप लगाइएको छ। १२ वर्षमाथिका लक्षित जनसंख्या २ करोड ३३ लाख २७ हजार ६१९ रहेको छ।
 |  शुक्रबार, चैत १८, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- सरकारले आगामी वैशाखसम्म सबै जनतालाई पूर्णरुपमा खोप लगाइसक्ने घोषणा गरिसकेको छ। १८ वर्षमाथिका जनतालाई यही चैत मसान्तसम्म खोप लगाइसक्ने भने पनि १२ वर्षमाथिका बालबालिकालाई लगाउन थालेपछि भने एकमहिना पछाडि सार्दै आगामी वैशाखसम्म खोप लगाइसक्ने जनाएको छ। 

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत १५ सम्म ३ करोड ९८ लाख २४ हजार ७८ डोज खोप लगाइएको छ। १२ वर्षमाथिका लक्षित जनसंख्या २ करोड ३३ लाख २७ हजार ६१९ रहेको छ। 

उनीहरूमध्ये ७१ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेका छन्। जसमा १ करोड ९० लाख १४ हजार २ सय १२ डोज लगाइएको छ। त्यस्तै अतिरिक्त डोज लगाउनेको संख्या २१ लाख १० हजार ९ सय ९० रहेको मन्त्रालयको आधिकारिक तथ्यांक छ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्यसेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार चैत १४ गतेसम्म नेपालमा ५ करोड २६ लाख ४४ हजार ४ सय ७० डोज खोप भित्रिएको छ।

तर, पछिल्ला दिनहरूमा खोप खपत हुन छोडेको छ। सरकारले दैनिक पाँच लाखको दरमा खोप लगाउने भने पनि त्यो लक्ष पुरा हुन सकेको छैन। मानिसहरू खोप लगाउन खोपकेन्द्र पुग्न छोडेका छन्। 

corrent noodles
Metro Mart
स्वास्थ्य मन्त्रालय स्वास्थ्यसेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार चैत १४ गतेसम्म नेपालमा ५ करोड २६ लाख ४४ हजार ४ सय ७० डोज खोप भित्रिएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका अनुसार हालसम्म देशभरका विभिन्न स्टोरमा १ करोड भन्दा धेरै डोज खोप भण्डारणमा छ। चैत १४ गतेसम्म नेपालका सबै स्टोरमा गरी जम्मा १ करोड १८ लाख ९४ हजार ३०० डोज खोप भण्डारणमा थन्किएको छ। 

जसअनुसार प्रदेश १ मा ९ लाख ४० हजार दुई सय डोज, मधेश प्रदेशमा १२ लाख ९४ हजार पाँच सय डोज, बागमतीमा १० लाख ९२ हजार पाँच सय डोज, गण्डकीमा १ लाख २८ हजार, लुम्बिनीमा ५ लाख ५८ हजार पाँच सय डोज, कर्णालीमा दुई लाख ४१ हजार सात डोज, सुदूरपश्चिममा १ लाख ७० हजार आठ सय र केन्द्रीय स्टोरमा ७४ लाख ६८ हजार एक सय डोज थन्किएको छ। 

किन खपत भएन कोरोनाविरुद्धको खोप? 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका, खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिले ९३ प्रतिशत भन्दा धेरैले पहिलोमात्रा खोप लगाइसकेका छन्। ८३ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन्। धेरैजसोले खोप लगाइसकेकाले पनि पछिल्लो समय खोपकेन्द्रमा मानिसहरू कम पुगेका हुन्। पछिल्लो समय अवश्य नै खोपकेन्द्रमा कम मानिसहरू पुगेका छन्।

अझै केही लक्षित वर्ग खोप लगाउन छुटेका छन्। त्यस्ता मानिसहरूलाई सरकारले खोज र खोप अभियानअन्तर्गत खोप लगाइरहेको दाहालले बताए। उनका अनुसार हाल खोप भण्डारणमा एक करोडभन्दा बढी छ। त्यो खोप बुस्टरडोजका रूपमा प्रयोग गरिने र छुटेका लक्षित समूहलाई लगाइनेछ। 

स्वास्थ्यका केही अधिकारीहरू भने मानिसहरू हल्ला चल्नेवित्तिकै लाइन लाग्ने र कोभिड कम हुँदै गएपछि खोप प्रतिको आकर्षण घट्ने समस्या देखिएको बताउँछन्। एक स्वास्थ्य अधिकारी भन्छन्, ‘खोपलाई व्यवस्थापन गर्ने सन्दर्भमा सरकार सुरुवाती समयदेखि नै चुक्यो, त्यसैले अहिले कसले लगायो? कसले लगायत भनेर भन्न सक्ने अवस्था छैन।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्रा भन्छिन्, ‘हामीले खोपको सम्पूर्ण जिम्मा परिवारकल्याण महाशाखालाई दिएका छौं, त्यसैले खोपको व्यवस्थापन परिवार कल्याणले गर्ने हो।’

कोरोनापछि बढेको कोल्डचेनको क्षमता 

खोप राख्नका लागि नेपालमा कोभिडभन्दा आगडि जम्मा १ लाख ७ हजार लिटर क्षमताको कोल्डचेन रहेकोमा कोभिड पछाडि २ लाख १३ हजार ७५० लिटर क्षमता थप भएको आपूर्ति केन्द्रका व्यवस्थापन महाशाखा कोल्डचेन तथा भ्याक्सिन वितरणशाखा प्रमुख बडेबाबु थापा बताउँछन्। हाल देशभर ३ लाख २० हजार ७५० लिटर क्षमताको कोल्डचेन रहेको छ। 

बागमती प्रदेशमा हेटौंडामा २ हजार २५०  थियो अहिले १० हजारमात्रै थप भएको छ। किनकि १० वटा जिल्लालाई केन्द्रबाट नै खोप पठाउने गरिएको छ। त्यसैले पनि बागमती प्रदेशमा कम छ। 

केन्द्रीय स्टोरमा अगाडीसम्म नियमित खोपका लागि जम्मा ४५ हजार ५०० लिटर क्षमताको कोल्डचेन रहेकोमा कोभिड पछाडि २० हजार लिटर क्षमताको कोल्डचेन थप गरिएको छ भने पुन २० हजार लिटरका लागि थपिँदैछ। 

त्यस्तै  प्रदेश १ मा कोभिड अगाडी जम्मा ९ हजार ७५० लिटर क्षमताको कोल्डचेन रहेकोमा हाल २० हजार लिटर क्षमताको कोल्डचेन थप गरिएको छ। 

त्यस्तै मधेश प्रदेशमा ३० हजार लिटर माइनस २० डिग्रीको कोल्डचेन रहेको छ भने ३० हजार लिटर २ देखि ८ डिग्रीसम्मको कोल्डचेन थपिएको छ। यसअघि नियमित खोपका लागि पथलैयामा ११ हजार २५० थियो भने पछि १० हजार लिटर थप गरिएको छ। 

बागमती प्रदेशमा हेटौंडामा २ हजार २५०  थियो अहिले १० हजारमात्रै थप भएको छ। किनकि १० वटा जिल्लालाई केन्द्रबाट नै खोप पठाउने गरिएको छ। त्यसैले पनि बागमती प्रदेशमा कम छ। 

त्यस्तै गण्डकीमा ९ हजार ७ सय ५० रहेकामा  २० हजार थप गरी २९ हजार ७ सय ५० लिटर क्षमताको कोल्डचेन रहेको छ।  त्यस्तै लुम्बिनी प्रदेशमा ११ हजार २५० लिटर क्षमता रहेकामा हाल २० हजार लिटर क्षमताको कोल्डचेन थप गर्दै ३१ हजार २ सय ५० लिटर क्षमता रहेको छ। 

कर्णाली प्रदेशमा पनि ७ हजार ५०० लिटर क्षमताको कोल्डचेन रहेकोमा १३ हजार ७५० थप गरिएको छ भने सुदूरपश्चिममा ९ हजार ७५० रहेकोमा २० हजार थप गर्दै २९ हजार ७ सय ५० लिटरको कोल्डचेन रहेको तथ्यांक छ। 

आपूर्ति व्यवस्थापनका अनुसार चैत १४ सम्म नेपालमा ५ करोड २६ लाख ४४ हजार डोज खोप नेपाल आइसकेको छ। त्यसमध्ये सबैभन्दा धेरै भेरोसेल खोप भित्रिएको छ। 

खोपका लागि कुल  ३ लाख २० हजार भन्दा बढी कोल्डचेनहरू भए पनि ती कोल्डचेनहरू अब अपुग हुनसक्ने देखिएको छ। सरकारले चैत २५ देखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउँदैछ। त्यसका लागि ८० लाख डोज खोप ल्याउने तयारी छ। आधा खोप सरकारले ल्याइसकेको छ। तर, कोभिडविरुद्धको खोपलेनै भण्डारणकेन्द्र ओगटेको हुँदा अन्य नियमित खोप तथा टाइफाइडविरुद्धको खोप राख्न सकस हुने अधिकारीहरू बताउँछन्। 

सरकारले कोरोनाविरुद्धको खोप ल्याउने तर खोप लगाउनका लागि प्रोत्साहन नगर्दा यस्तो समस्या आएको विज्ञहरू बताउँछन्। सरकारले खोज र खोप अभियान सञ्चालन गर्नुपर्ने उनीहरूको भनाई छ। 

कुन खोप कति आयो? 

आपूर्ति व्यवस्थापनका अनुसार चैत १४ सम्म नेपालमा ५ करोड २६ लाख ४४ हजार डोज खोप नेपाल आइसकेको छ। त्यसमध्ये सबैभन्दा धेरै भेरोसेल खोप भित्रिएको छ। हालसम्म भेरोसेल २ करोड ६ लाख ३६ हजार चार सय डोज भित्रिएको छ। 

त्यस्तै एस्ट्राजेनेका र कोभिसिल्ड १ करोड ५३ लाख ६ हजार १ सय २० डोज, जोनसन एण्ड जोनसन ३७ लाख ११ हजार पाँच सय, फाइजर १५ लाख २६ हजार ८ सय ५० डोज, मोर्डना ७६ लाख ५२ हजार डोज र साइनोभ्याक ४० लाख डोज खोप भित्रिएको छ।

प्रकाशित: Apr 01, 2022| 12:46 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्