मंगलबार, असोज १३, २०८३

नेपाली बजारमा तोलामा ८ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुन तोलामा ८ सय रुपैयाँले बढेको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- नेपाली बजारमा आज सुन तोलामा ८ सय रुपैयाँले बढेको छ। 

बिहीबारको तुलनामा ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Apr 01, 2022| 11:02 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्