काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ ३९ पैसा र बिक्री दर १३५ रुपैयाँ ०५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ८१ पैसा र बिक्री दर १५९ रुपैयाँ ०६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ९४ पैसा र बिक्री दर १३१ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५८ पैसा र बिक्री दर ९१ रुपैयाँ ०३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ०६ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०८ पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर