बुधबार, वैशाख २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लुटपाट गर्न सुनचाँदी पसल सञ्‍चालकमाथि आक्रमण, एक जना पक्राउ

लुटपाट गर्न सुनचाँदी पसल सञ्‍चालकमाथि आक्रमण, एक जना पक्राउ

सुनचाँदी पसल लुट्न आएको समूहले पसल सञ्‍चालकमाथि आक्रमण गरेको छ।
 |  शुक्रबार, चैत १८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

vianetvianet

भैरहवा- सुनचाँदी पसल लुट्न आएको समूहले पसल सञ्‍चालकमाथि आक्रमण गरेको छ। रुपन्देहीको सैनामैना-१, रानवगियामा रहेको बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलका सञ्चालकमाथि लुटेरा समूहले हथौडा प्रहार गरी घाइते बनाएको छ।

triton college

बिहीबार साँझ करिब ६:३० बजे तिर दुई जनाको समूहमा आएका लुटेराले पसच सञ्चालकमा थि आक्रमण गरेका थिए। आक्रमणबाट सञ्‍चालक अन्दाजी वर्ष ३५ का गणेश हमाल घाइते भएका छन्। उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।

लु४८प १२५६ नम्बरको मोटरसाइलकामा आएका दुई जनाले उक्त पसलमा लुटपाट गर्न खोजेका थिए। लुटेरा समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा नम्बर ३ बस्ने वर्ष ३८ का अब्दुल्ला शाह रहेको बताएका छन्। अर्का लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ।

National life insurance

प्रकाशित: Apr 01, 2022| 07:00 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्