बुधबार, चैत ४, २०८२

'पढ्दै कमाउँदै' कार्यक्रमका लागि शिक्षामन्त्रीका जिल्लाका तीन विद्यालय छानिए

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि बागलुङका तीन विद्यालय छनोट गरिएका छन्। केन्द्रले बिहीबार सार्वजनिक गरेको सूचीमा शिक्षामन्त्रीको बागलुङका तीन विद्यालय मात्रै छनोट भएका हुन्।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि बागलुङका तीन विद्यालय छनोट गरिएका छन्। केन्द्रले बिहीबार सार्वजनिक गरेको सूचीमा शिक्षामन्त्रीको बागलुङका तीन विद्यालय मात्रै छनोट भएका हुन्। 

National life

बागलुङको ताराखोला गाउँपालिकामा रहेको अर्गल माध्यमिक विद्यालयमा कृषि तथा पशुपालन, गलकोट नगरपालिकामा रहेको गलकोट माध्यमिक विद्यालयमा कृषि र निसीखोला गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयमा पशुपालन विषयमा यो कार्यक्रम लागु हुनेछ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रम विद्यालय सहयोग कार्यक्रमका लागि देशभरका १४० सामुदायिक विद्यालय छनोट भएका हुन्।

प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्नेगरी कार्यविधि तयार गरेको थियो। सोहीअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो। 

प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँच वटा विद्यालय छनोट गरिएको केन्द्रले जानकारी दिएको छ। आवेदन परेका विद्यालयलाई जिल्लाको मूल्यांकन समितिले छनोट गरिएका आधारमा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालय छनोट गरिएको केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 31, 2022| 21:46 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्