काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको अनुगमनको क्रममा पहिले दिएको निर्देशन पालना नगरेका दुई पसलमा सिलबन्दी गरेको छ ।
विभागका शाखा अधिकृत दिपकराज पोखरेलका अनुसार काठमाडौंस्थित न्यू लुक्स फेसन हाउस र चण्डोल हाउसलाई सिल गरिएको हो ।
विभागले काठमाडौंसहित भक्तपुर लगायतका खाद्य पसलहरु अनुगमन गरेको थियो । अनुगमनको क्रममा लेबल नभएको, म्याद नाघेको खान नमिल्ने वस्तुहरु फेला पारी नष्ट गरिएको छ ।
केही व्यपारीले खारिद बिक्री विल अपडेट नगरेको, पसल फोहोर राखेको, पसलमा अनिवार्य राखिनु पर्ने मूल्य सूचि तथा साइनवोर्ड नराखिएको लगायतका कैफियत फेला परिएको शाखा अधिकृत पोखरेले जानकारी दिए ।
ती पसललाई आवश्यक सुझाब तथा निर्देशन दिएको उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४