मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ वर्षमा यामाहाको २० लाखसम्म जित्ने अफर सार्वजनिक

नयाँ वर्षमा यामाहाको २० लाखसम्म जित्ने अफर सार्वजनिक

त्यसैगरी, यसपटक पनि आफ्ना ग्राहक र समर्थकका अपेक्षालाई ध्यानमा राख्दै आउँदो वर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले '२०७९ मा १००० गुणाले खुसी बढाउँनुहोस्' अफर सार्वजनिक गरेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

 काठमाडौं- कुनै पनि चाडपर्व होस् वा बिशेष अवसर होस्, यामाहा नेपालले आफ्ना ग्राहक र समर्थकका निम्ति सदैब आकर्षक उपाहार र सुविधायुक्त योजना र अफरहरू सार्वजनिक गर्ने गरेको छ। त्यसैगरी, यसपटक पनि आफ्ना ग्राहक र समर्थकका अपेक्षालाई ध्यानमा राख्दै आउँदो वर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले '२०७९ मा १००० गुणाले खुसी बढाउँनुहोस्' अफर सार्वजनिक गरेको छ।

 यस योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४,  ८ हजार ३१६ देखि २०७९×१००, २ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्‍न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९×१०००, २० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन्।

 यामाहाका बाइक र स्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन्। कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइटमा यामाहाले दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन्।

 


प्रकाशित: Mar 31, 2022| 22:01 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्