मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा सुरु

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा सुरु

माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्‍चालनमा ल्याएको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३  राजपुरमा नयाँ शाखा कार्यालय सञ्‍चालनमा ल्याएको छ। 

उक्त शाखा कार्यालयको मिति २०७८-१२-१७ गते बिहिबार धनगढी उप महानगरपालिकाका मेयर श्री नृप बहादुर वडज्युले एक कार्यक्रमका बीच समुद्घाटन गरेका हुन्। उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ्र् बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो। 

नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या चार पुगेको छ। देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ् सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो। 

नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ। 


प्रकाशित: Mar 31, 2022| 20:32 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्