काठमाडौं- लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता भएको छ।
सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदानप्रदान गरेको थियो।
उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्यूआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ। साथै यो सम्झौताले दुई बैंकबीच मानव संशाधन, प्रविधि र सञ्चालनलगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।