आइतबार, वैशाख ७, २०८२

तालमेलबारे कांग्रेसको निर्णयले माओवादी र नेकपा एसमा उत्साह

कांग्रेस र सत्ता गठबन्धनको निर्णयले संविधानको पालनाका साथै पार्टी र जनतामा उत्साह थपेको उनको दाबी छ।
 |  बिहीबार, चैत १७, २०७८
nespernesper

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

बिहीबार, चैत १७, २०७८

vianetvianet

काठमाडौं– स्थानीय तहको निर्वाचनका सम्मुखमा विकसित भइरहेका राजनीतिक घटनाक्रमले सत्तारुढ दुई घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई उत्साहित बनाएको छ। सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने निर्णय गरी संशय हटाइदिएपछि तत्कालीन नेकपा र एमाले विभाजनपछि बनेका यी दुई दल उत्साहित बनेका हुन्।  

triton college

'स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ मंगलबार सकिएको केन्द्रीय समिति बैठकका निर्णयबारे कांग्रेसले भनेको छ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने विषयमा सहमति जुटाइसकेको छ। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार महानगरको चुनावी तालमेल केन्द्रबाटै हुनेछ। उपमहानगर, नगरपालिका र गाउँपालिकामा हुने तालमेलबारे तल्ला तहबाटै निर्णय हुनेछ।  

‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छ। महानगर तालमेलको निर्णय माथिबाट लिने र अन्य तहमा हुने तामेलका लागि तलै निर्णय गर्न दिने सहमति भएको छ,’ खनालले भने, ‘त्यसका लागि सबै दलको संयन्त्र बनाउने सहमति पनि हामीले गरेका छौं। अन्य बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने छौं।’

प्रकाशित: Mar 31, 2022| 18:24 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...