आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीविरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

National life

त्यसैगरी तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८, तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार रुपैयाँ मागदाबी गरिएको छ। गाउँपालिकाको वडा नम्बर ४ बिजुलीकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई आफूअनुकूल उपभोक्ता समिति गठन गरेर आर्थिक वर्ष २०७४–०७५ र ०७५–०७६ मा अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। खरिद गर्दा ४ करोड २१ लाख ७०६ रुपैयाँ अनियमितता भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

त्यसैगरी विद्युतीकरण उपभोक्ता समिति नागदहका अध्यक्ष वेदबहादुर पुवाँर, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगरविरुद्ध ३५ लाख २ हजार ६१४, सुनबहादुर तामाङ, करिष्मा परियार, दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार ९०२ र होमबहादुर महत, अनिता श्रेष्ठ, डिल्लीबहादुर सुनुवारविरुद्ध ४२ लाख ५३ हजार ३८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ। सोही प्रकरणमा पाइक कन्स्ट्रक्सन प्रालि महाराजगन्जका सञ्चालक अमृतबहादुर तामाङविरुद्ध पनि ४२ लाख ३५ हजारभन्दा बढी बिगो मागदाबी गरिएको छ।

त्यसैगरी काजीबाबु श्रेष्ठ, तारा गुरुङ, युवराज सुनुवारविरुद्ध १ करोड २ लाख ५१ हजार ९९५, प्रचण्ड सुनुवार, घन्टिकादेवी सुनुवार र क्याल्बु तामाङविरुद्ध ३२ लाख २९ हजार ७३८, बुद्धिबहादुर तामाङ, मेनुका खड्का र अश्विन रोकाविरुद्ध ८४ लाख ९१ हजार ६०८, अशोककुमार सुनुवार, दिलमाया थापा र प्रकाश सुनुवारविरुद्ध ६६ लाख ७० हजार ७०८, तत्कालीन लेखापाल नुर्बु लामाविरुद्ध २ करोड ९४ लाख २५ हजार २०२ र तत्कालीन प्रशासकीय अधिकृत टंकप्रसाद चौलागाईंविरुद्ध ३ करोड ८ लाख १८ हजार ५२८ रुपैयाँ बिगो माग गरिएको छ।

प्रकाशित: Mar 31, 2022| 17:18 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।