बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बक्यौंता नबुझाउने तीन क्यासिनो बन्द गर्न पर्यटन विभागको पत्र

बक्यौंता नबुझाउने तीन क्यासिनो बन्द गर्न पर्यटन विभागको पत्र

सरकारलाई बुझाउनुपर्ने बक्यौंता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पर्यटन विभागले पत्राचार गरेको छ।
 |  बिहीबार, चैत १७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

vianetvianet

काठमाडौं- सरकारलाई बुझाउनुपर्ने बक्यौंता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पर्यटन विभागले पत्राचार गरेको छ।

Kumaribank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौंता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए।

बक्यौंता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौता रकम नबुझाएका कारण बुधबार पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए।

‘सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम बुझाउन हामीले तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिएका थियौं, उहाँहरूले बक्यौंता नबुझाएकाले बन्द गराउनका लागि पत्राचार गरेका हौं,’ उनले भने।

पर्यटन विभागले दिएको जानकारीअनुसार रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्‍याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड सरकारलाई क्यासिनो सञ्चालन बापत तीर्नुपर्ने बक्यौता बाँकी छ।

Metro Mart

पटकपटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्रचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्र/अनुमतिपत्र रद्ध गरिएको विभागले जनाएको छ।

आर्थिक वर्ष २०७६/०७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ।

हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ। 

प्रकाशित: Mar 31, 2022| 06:53 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्