मंगलबार, असोज १३, २०८३

बक्यौता नबुझाउने ३ क्यासिनोको अनुमतिपत्र रद्द

रोयल्टी र नवीकरण शुल्क नियमित रूपमा नबुझाएको भन्दै विभागले रक इन्टरनेसनल, ह्याप्पी हावर र ओरियन्टल होटल्स लिमिटेडको अनुमतिपत्र रद्द गरेको हो।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- समयमा बक्यौता नबुझाउने ३ क्यासिनोको अनुमति पत्र रद्द भएको छ। रोयल्टी र नवीकरण शुल्क नियमित रूपमा नबुझाएको भन्दै सरकारले रक इन्टरनेसनल, ह्याप्पी हावर र ओरियन्टल होटल्स लिमिटेडको अनुमतिपत्र रद्द गरेको हो। 

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मन्त्रीस्तरीय बैठकबाट तीन क्यासिनोको अनुमतिपत्र रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जानकारी दिएको छ। रकको ११ करोड ४५ लाख, ह्याप्पी आवरको २१ करोड ५५ लाख र ओरियन्टल होटलको १७ करोड ७६ लाख रुपैयाँ बक्यौता छ। 

काठमाडौंमा नै सञ्चालनमा रहेका यी तीन कम्पनीका खेल गतिविधि सञ्चालनमा रोक लगाउन गृह प्रशासनलाई समेत पत्राचार गरिएको विभागले जनाएको छ। 

नवीकरण र बक्यौताबापतको रकम नबुझाएको भन्दै यस अघि ५७ दिनसम्मका लागि समय दिँदा पनि यी कम्पनीहरु सम्पर्कमा आएका थिएनन्। त्यसपछि विभागले ५ दिनभित्रै बाँकी रकम दाखिला गर्न चैत १० गते निर्देशन दिएको थियो। तर उक्त समयसीमामा समेत बक्यौता चुक्ता गर्न अटेरी गरेपछि अनुमतिपत्र रद्द गरिएको विभागले जानकारी दिएको छ।

प्रकाशित: Mar 30, 2022| 19:04 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्