बिहीबार, पुस ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्रीको भारत भ्रमण : सरोकारवाला मन्त्रालय नै 'कुहिरोका काग'

Siddartha premir insuranceSiddartha premir insurance

प्रधानमन्त्रीको भारत भ्रमण : सरोकारवाला मन्त्रालय नै 'कुहिरोका काग'

देशमा वित्तीय संकट बढिरहेका बेला तीन दिने भारत निस्कन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरू अन्योलमा छन्।
 |  बुधबार, चैत १६, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, चैत १६, २०७८

ntc landingntc landing

काठमाडौं- देशमा वित्तीय संकट बढिरहेका बेला तीन दिने भारत निस्कन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरू अन्योलमा छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार भारत भ्रमणमा निस्कन लागेका देउवाको भ्रमणमा के-कस्ता एजेन्डा निर्धारण गर्ने विषयमा सम्बन्धित मन्त्रालय बेखबर बनेका हुन्। 

himalayan bank box

प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा कुनै एजेन्डा तय भइनसकेको परराष्ट्र मन्त्रालयको भनाइ छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भ्रमणमा द्विपक्षीय हितका विषयमा कुराकानी हुने बताइन्। प्रवक्ता लम्सालका अनुसार अहिलेसम्म यही वियषयमा सम्झौता गर्ने भन्ने तय भइसकेको छैन।

'यही विषयमा सम्झौता गरिने भनेर सूचना आइसकेको छैन। आएपछि म औपचारिक जानकारी गराउँला। तर भेटमा द्विपक्षीय हितका बारेमा कुरा हुनेछन्,' प्रवक्ता लम्सालले भनिन्। भ्रमणका विषयमा मन्त्रालयमा छलफल नै नभएको मन्त्रालयका अर्का एक अधिकारीले बताए।

व्यापारघाटाका कारण देशको बाह्य क्षेत्र इतिहासकै कमजोर अवस्थामा रहेको र त्यसको प्रभाव आन्तरिक अर्थतन्त्रमा पनि नराम्रोसँग परिरहेको छ। अर्थ मन्त्रालयबाट सचिव मधुकुमार मरासिनी पनि भ्रमण टोलीमा रहने तय भएपनि भ्रमणमा केकस्ता विषय उठान गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयमा कुनै छलफल नभएको मन्त्रालय स्रोतले बताएको छ। 

'यही विषयमा सम्झौता गरिने भनेर सूचना आइसकेको छैन। आएपछि म औपचारिक जानकारी गराउँला। तर भेटमा द्विपक्षीय हितका बारेमा कुरा हुनेछन्,' प्रवक्ता लम्सालले भनिन्।

मन्त्रालय स्रोतका अनुसार अर्थसचिव जाने टुंगो मंगलबार मात्र भएको हो। 'भ्रमणमा सचिवज्यु जानुहुने तय भएको छ। तर एजेन्डाका विषयमा मन्त्रालयमा छलफल समेत गरेको छैन,' मन्त्रालय स्रोतले भन्यो। 

vianet

अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले प्रधानमन्त्रीको भारत भ्रमणमा उठाइने एजेन्डाका विषयमा आफू जानकार नभएको बताए। 'यस विषयमा अर्थ मन्त्रालयमा छलफल भएको छैन। मैले कुनै जानकारी पाएको पनि छैन। मसँग नै जानकारी छैन त तपाईलाई कसरी भनौँ,’ उनले भने। 

त्यस्तै लगानी बोर्ड पनि प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा कुहिरोको कागजस्तै भएको छ। प्रधानमन्त्री भारत भ्रमणमा जाने समय तालिका समेत सार्वजनिक भइसक्दा कस्ता एजेन्डामा प्रधानमन्त्रीले कुरा उठाउने भन्नेमा बोर्ड पनि अनभिज्ञ छ। 

'यस विषयमा अर्थ मन्त्रालयमा छलफल भएको छैन। मैले कुनै जानकारी पाएको पनि छैन। मसँग नै जानकारी छैन त तपाईलाई कसरी भनौँ,’ उनले भने।

प्रधानमन्त्री देउवाले आफैंले सम्हालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि एजेन्डाका विषयमा छलफल गरेको छैन। प्रधानमन्त्रीको भ्रमणका विषयमा छलफल नभएको मन्त्रालयले जानकारी दिएको छ। 

प्रधानमन्त्रीको भारत भ्रमण यस्तो विषयहरुले प्राथमिकता पाउने भन्ने विषयमा न कुनै तयारी छ, न सम्बन्धित मन्त्रालयसँग छलफल नै गरेको छ।पछिल्लो समयमा भारतसँगको व्यापारमा समस्या भइरहेको छ। बेलाबेलामा भारत सरकारले नेपालबाट निर्यात हुने अदुवा, अलैँची, चियाजस्ता वस्तुमा बखेडा झिकेर भारतमा निर्यातमा समस्या सिर्जना गर्दै आएको  छ। 

नेपालमा अहिले ऊर्जा संकट छ। भारतले सन् १९७० मा भएको सन्धि अनुसार काम गरेको छैन। त्यस्तै भारतले गर्ने भनिएका विभिन्न आयोजना अलपत्र छन् भने पेट्रोलियम पदार्थको मुल्यवृद्धिले  देशको व्यापारघाटा धान्नै नसक्ने अवस्थामा छ। 

प्रधानमन्त्रीको भ्रमणका विषयमा मन्त्रालयहरूको कुनै तयारी नदेखिएको पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन्। 

प्रधानमन्त्री देउवाले यी विषय उठाएर पेट्रोलियम र बिजुलीमा सहुलियत दिन आग्रह गरेमा भारतले सहजीकरण गर्न सक्ने सम्भावना भए पनि सो विषयमा सम्बन्धित मन्त्रालयको कुनै तयारी नदेखिएको पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन्। 

नेपाल वित्तीय संटक उन्मुख भइरहेका बेला प्रधानमन्त्री भारत भ्रमणमा जान लागेकाले एजेन्डाका विषयमा आम चासो छ। अर्थशास्त्री केशव आचार्य प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपाललाई अमेरिकी डलरको आपत् परेको समयमा सहयोगको आग्रह गर्नुपर्ने बताए। 

‘नेपालमा डलर सञ्चिति घटिरहेको छ, यही दरमा घट्दै गयो भने नेपालले खाद्यान्नको आयात पनि गर्न सक्दैन। त्यसैले समस्या परेको बेला भारतले नेपाललाई डलर सहयोग गर्न आग्रह गर्नुपर्छ,’ आचार्यले भने। 

विश्व अर्थतन्त्रमा प्रभाव राख्न सक्ने भारतले चाहेमा सहुलियत दिन सक्ने तर  त्यसका लागि तयारी गर्नु जरुरी रहेको अर्थशास्त्री आचार्यको भनाइ छ। भ्रमण सुरु हुन एक दिन मात्र बाँकी भएको अवस्थामा छलफल पनि नगरिएकाले प्रधानमन्त्रीको भारत भ्रमणको अवसरको उच्चतम सदुपयोग हुनेमा आशंका उब्जिएको विज्ञहरूले टिप्पणी गरेका छन्। 

प्रकाशित: Mar 30, 2022| 18:58 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्