मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • व्यापारी अमित अग्रवालको घरबाट डेढ करोड बरामद, उच्च अदालतमा मुद्दा दर्ता

व्यापारी अमित अग्रवालको घरबाट डेढ करोड बरामद, उच्च अदालतमा मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं– राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले अग्रवालविरुद्ध ७ करोड ६० लाख रुपैयाँबराबरको बिगो र जरिवाना दाबी गर्दै मुद्दा हालेको हो। 

विभागले भ्याट ३ करोड र आयकर ८० लाख रुपैयाँ बिगो र उक्त बिगोको शतप्रतिशत जरिवानासहित अभियोगपत्र दायर गरेको हो। भारत पश्चिम बंगालको सिलगुरीका अमितले काठमाडौंमा विमला इन्टरनेशनल कम्पनी स्थापना गरेर कारोबार गर्दै आइरहेका थिए। 

कारोबारका क्रममा उनको फर्मले नक्कली भ्याट बिल जारी गरी राजस्व छली गरेको विभागले जनाएको छ। विभागका अनुसार उनको घरबाट एक करोड ५० लाख नगद जफत गरिएको छ।

उनको कम्पनीले बिल जारी नगरी अर्डर तथा इस्टिमेट बिलमात्रै जारी गरी प्राप्त आयलाई आफ्नो व्यवसायको आधिकारिक बिक्री आयमा समावेश नगरी राजस्व छलेको विभागको दाबी छ। विभागले जफत रकमबाहेक दुई करोड ३० लाख ३१ हजार असुल उपर गर्न र हदैसम्मको कैद सजाय समेत माग गरी मुद्दा दायर गरेको छ। 


प्रकाशित: Mar 30, 2022| 17:02 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्