मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिमस्टेक जोड्ने बुद्धिस्ट सर्किट चाँडै सञ्चालनमा ल्याउनुपर्छ : प्रधानमन्त्री देउवा

बिमस्टेक जोड्ने बुद्धिस्ट सर्किट चाँडै सञ्चालनमा ल्याउनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेक राष्ट्रहरूलाई जोड्नका लागि बुद्धिस्ट सर्किट चाँडै सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेक राष्ट्रहरूलाई जोड्नका लागि बुद्धिस्ट सर्किट चाँडै सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। बिमस्टेक राष्ट्रहरूको पाँचौँ सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

'यो क्षेत्र जोड्ने बलियो धागो बुद्धदर्शन हो,' सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, 'गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई चाँडै सञ्चालनमा ल्याउन आह्वान गर्छु।'

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले सदस्य राष्ट्रहरूको स्रोत प्रयोग गरेर बिमस्टेक देशहरुलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका थिए। बिमस्टेक देशहरूले दीर्घकालीन आर्थिक, सामाजिक र विकासका मुद्दामा सहकार्य गर्नुपर्ने उनको धारणा थियो। 

कोरोना खोप, स्वास्थ्य क्षेत्रमा लगानी र सामाजिक सुरक्षाका मुद्दामा समावेशी योजना तय गर्नका लागि संरचनागत सुधारका साथै भौतिक र मानवीय पुँजी विकासमा सहकार्य गर्नुपर्ने देउवाको भनाइ छ।  बिमस्टेकका साझा समस्या समाधानका लागि लगानी, व्यापार, ऊर्जा, कनेक्टिभिटी, पर्यावरणीय मुद्दाका साथै जनता-जनताबीचको सम्बन्ध बलियो बनाउन सामूहिक प्रयास गर्नुपर्ने समेत उनको भनाइ थियो। 

सम्मलेनका भाग लिनका लागि परराष्ट्रमन्त्री डा नारायण खड्का श्रीलंकाको कोलोम्बोमा छन्। 

प्रकाशित: Mar 30, 2022| 13:20 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्