बुधबार, चैत ४, २०८२

स्वास्थ्य मन्त्रालय पत्रकार महासंघसँग सहकार्य गर्न तयार छ : स्वास्थ्यमन्त्री खतिवडा

सञ्चारकर्मीहरुको उपचार र स्वास्थ्य सेवा प्रवाहका सन्दर्भमा के कसरी सहकार्य गर्न सकिन्छ। उपयुक्त प्रस्ताव लिएर मन्त्रालयमा आउन खतिवडाले महासंघको नेतृत्वलाई आग्रह गरे।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल पत्रकार महासंघसँग सहकार्य गर्न तयार रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जनाएका छन्। नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा उनले सो बताएका हुन्। 

National life

सञ्चारकर्मीहरुको उपचार र स्वास्थ्य सेवा प्रवाहका सन्दर्भमा के कसरी सहकार्य गर्न सकिन्छ। उपयुक्त प्रस्ताव लिएर मन्त्रालयमा आउन खतिवडाले महासंघको नेतृत्वलाई आग्रह गरे। 

स्वास्थ्य विमा बोर्ड मार्फत विमा गरी पत्रकारहरुको स्वास्थ्य उपचारका सन्दर्भमा स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने सवालमा मन्त्रालय सकारात्मक रहेको उनले बताए। 

आर्थिक वर्ष २०७८/७९ को बजेटमा श्रमजीवी पत्रकारको लागि सात लाखसम्मको दुर्घटना विमा गरी प्रिमीयमको ५० प्रतिशत रकम सरकारले व्यहोर्ने र साउनदेखि नै 'उपचार सुविधा परिचय पत्र'को आधारमा उपचार गर्ने व्यवस्था मिलाउने भनिएपनि सो कार्य हुन नसकेको उनले बताए।

खतिवडाले यसको कार्यान्वयनका लागि मातहतका कर्मचारीहरुलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको बताए। कोरोना महामारीको दौरानमा जनतालाई सहि र जिम्मेवार सुचना प्रभाह गरेको भन्दै सञ्चारकर्मीहरुको प्रशंसा गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 30, 2022| 13:04 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्