बुधबार, चैत ४, २०८२

६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई के खुवाउने?

बालबालिकालाई ६ महिनासम्म आमाको दूध मात्रै पिलाउने गरिन्छ। ६ महिनासम्मको बालबालिकाको लागि आमाको दूघ नै पोषणको एक मात्र आधार हुनेगर्छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- बालबालिकालाई ६ महिनासम्म आमाको दूध मात्रै पिलाउने गरिन्छ। ६ महिनासम्मको बालबालिकाको लागि आमाको दूघ नै पोषणको एक मात्र आधार हुनेगर्छ।

National life

तर, ६ महिनापछि बालबालिकाको पोषणलाई लिएर ध्यान दिनुपर्छ। बच्चा ६ महिनाको भइसकेपछि हेल्दी रेसिपीका बारेमा जानकार हुनुपर्छ।

कोदोको लिटो

कोदोको लिटो बालबालिकाका लागि निकै स्वस्थकर हुन्छ। यो बनाउनका लागि दुई चम्मच कोदो, आधा चम्मच मटर, चुकन्दर वा गाजरका केही टुक्रा, एकदेखि चार चम्मचसम्म आवश्यकता अनुसार गुड र एक चम्मच घ्यू राख्नुपर्छ।

त्यसपछि एक कचौरामा एक कचौरामा कोदो राख्ने र त्यसमा थोरै पानी राखेर कोदोलाई मिक्स गर्नुपर्छ। त्यसपछि यसमा मटर राख्नुपर्छ। र, यसलाई कुकरमा राखेर दुई सिट्टी लगाउनुपर्छ। 

Laxmi sunrise bank
kumari

चिसो भइसकेपछि त्यसमा गुड मिलाउनुपर्छ। र, घ्यू राखेर बालबालिकालाई खुवाउनुपर्छ।

केरा र कोदोको लिटो

केरा र कोदोको लिटो बनाउनका लागि दुई चम्मच कोदो लिनुपर्छ। साना दुई केरा लिने। कोदोमा थारै पानी राखेर कुकरमा सिट्टी लगाउने। चिसो भइसकेपछि त्यसलाई पिसेर पेस्ट बनाउने। यसपछि केला राखेर फेरी पेस्ट बनाउने। त्यसपछि यसमा घ्यू राखेर बच्चालाई खुवाउन सकिन्छ।

कोदोमा प्रसस्त मात्रामा क्याल्सियम हुन्छ। जसले बालबालिकाको हड्डिलाई बलियो बनाउन र बिकास गर्न मद्दत गर्छ। कोदोले शरीरमा रगतको मात्रामा पनि सुधार गर्छ।

कोदोमा रहेको डायट्री फाइबरले पाचन प्रणालीलाई बलियो बनाउँछ। यसमा एमीनो एसिड हुन्छ। जसले कलेजो वरपरको बेकार फ्याटबाट छुट्कारा दिन्छ। यसले कोलेस्ट्रोल लेवललाई नियन्त्रण गरेर मोटोपन हुनबाट बचाउँछ।

स्याउको लेदो

स्याउका केही टुक्रा र नौनीलाई लिनुपर्छ। पहिले स्याउको छिल्का निकाल्नुपर्छ। स्याउलाई पुरै पाकुन्जेल उमाल्नुपर्छ। चिसो भइसकेपछि स्याउलाई पिसेर पेस्ट बनाउनुपर्छ। त्यसपछि यसमा घ्यू वा नौनी राखेर बच्चालाई खुवाउनुपर्छ।

स्याउमा भिटामिन सी, फाइबर र फाइटोकेमिकल हुन्छ। यसमा डायट्री फाइबर हुन्छ। जसले नराम्रो कोलेस्ट्रोललाई नियन्त्रण गर्छ। स्याउमा रहेको एन्टीअक्सीडेन्ट र फाइटोन्यूट्रिएन्ट्सले आँखाको रोशनी बढाउँछ।

हरियो मटरको लेदो

पाँचदेखि ६ चम्मच हरीयो मटर लिनुपर्छ। थोरै नौनी लिनुपर्छ। त्यसपछि मटरलाई पाकुन्जेल उमाल्नुपर्छ। यसलाई चिसो भइसकेपछि पिसेर पेस्ट बनाउनुपर्छ। त्यसपछि यसमा नौनी राखेर बच्चालाई खुवाउनुपर्छ। यो लेपमा थोरै जिरा पनि राख्न सकिन्छ।

प्रकाशित: Mar 31, 2022| 06:18 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्