मंगलबार, जेठ ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रुसी पर्वतारोहीलाई नेपालका हिमाल आरोहणमा रोक लगाउन युक्रेनको आग्रह

रुसी पर्वतारोहीलाई नेपालका हिमाल आरोहणमा रोक लगाउन युक्रेनको आग्रह

रुसी पर्वतारोहीलाई हिमाल आरोहणमा रोक लगाउन नेपाललाई युक्रेनले आग्रह गरेको छ।
 |  बुधबार, चैत १६, २०७८

बीबीसी

बीबीसी

बुधबार, चैत १६, २०७८

काठमाडौं- रुसी पर्वतारोहीलाई हिमाल आरोहणमा रोक लगाउन नेपाललाई युक्रेनले आग्रह गरेको छ।

triton college

नेपालले नौ जना रुसी नागरिकलाई हिमाल आरोहणका लागि अनुमति दिएको छ। तर, भारतको दिल्लीस्थित युक्रेनी दूतावासले युक्रेनमा रुसी आक्रमण बन्द नहुन्जेलसम्मका लागि रुसी पर्वतारोहीको टोलीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेको हो। 

दिल्लीस्थित युक्रेनी दूतावासले २१ मार्चमा नै दिल्लीकै नेपाली दूतावासमा यसबारे अनुरोध गरेको जनाएको छ। एक जना रुसी पर्वतारोहीलाई ८ हजार ९१ मिटर अग्लो अन्‍नपूर्ण र अन्य आठ जनालाई ६ हजार ५०० मिटरभन्दा होचा हिमाल चढ्ने अनुमति दिइएको छ। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज पठाएको भन्दै युक्रेनी कूटनीतिज्ञहरूले ती पर्वतारोहीहरूलाई अनुमति नदिन आग्रह गरेका थिए। 

नेपालका सरकारी अधिकारीहरूले आफूहरूले सरकारी नीतिनियमलाई नै पालना गरी पर्वतारोहणका लागि अनुमति जारी गरिरहेका जनाएका थिए। नेपाल सरकारलाई थुप्रै अन्तर्राष्ट्रिय खेलकुद महासंघहरूले रुसी खेलाडीहरूमाथि प्रतिबन्ध लगाइसकेको जानकारी दिएको थियो। 

corrent noodles
Metro Mart

नेपालको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बीबीसीलाई भनेका छन्, 'अहिलेसम्म यस सम्बन्धमा हाम्रो नीतिमा परिवर्तन आएको छैन। हामीलाई विश्वास छ। हाम्रा पहाडहरू विश्वव्यापी सम्पत्ति हुन्। त्यसैले शान्ति प्राप्तिका लागि विश्वका कुनैपनि मुलकका नागरिकले पर्वतारोहण गर्न चाहन्छन् भने कानुनसम्मत व्यवस्थाअनुसार तिनीहरूले त्यसका लागि अनुमति पाउनेछन्।'

प्रकाशित: Mar 30, 2022| 08:21 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।