मंगलबार, असोज १३, २०८३

बलेफी हाइड्रोको आईपीओ बिक्री खुला

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। 

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको हो। 

कम्पनीको कुल सार्वजनिक निष्कासनमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ। बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गतेसम्म भर्न सकिनेछ। न्यूनतम १० र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ। कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीले आयोजना प्रभावितलाई आईपीओ निष्काउसन गरी बाँडफाँड गरिसकेको छ। पहिलो चरणमा सिन्धुपाल्चोका आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरिएको थियो।

कम्पनीले सिन्धुपाल्चोकको साविकका गुम्बा र गोल्चे गाविसस्थित बलेफीखोलाको पानीबाट ३६ मेगावाट क्षमताको ‘माथिल्लो बलेफी ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीको प्रवर्द्धकमा गोल्यान, शंकर र लक्की ग्रुप छन्।

आयोजनको अनुमानित लागत सात अर्ब ६५ करोड ५९ लाख ४९ हजार ४८३ रुपैयाँ छ। निर्माण अवधिको ब्याजसहित आयोजनको प्रतिमेगावाट लागत २१ करोड २६ लाख ६५ हजार रुपैयाँ अनुमान गरिएको छ।

प्रकाशित: Mar 30, 2022| 06:21 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्