मंगलबार, असोज १३, २०८३

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंकको गोकर्णेश्वर शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं- सानिमा बैंकको गोकर्णेश्वर शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले शान्ति बौद्धस्थित फाउन्डेसनमा शनिबार कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको हो। कार्यक्रममा विभिन्न उमेर समूहका फाउन्डेसनका महिलाहरूको सहभागिता थियो। 

कार्यक्रमम बैंकको महत्त्व, बैंकका सेवा, डिजिटल बैंकिङ सेवा, क्युआर कोडकालगायतका विषयमा सहभागीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ। फाउन्डेसनका महिलाहरूका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएकोप्रति फाउन्डेसनले बैंकलाई धन्यवाद ज्ञापन गरेको थियो। 

बैंकले सामाजिक उत्तरदायित्त्व अन्तर्गत विभिन्न क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। सानिमा बैंकले देशभर १२६ शाखा र ११४ एटीएममार्फत् सेवा प्रदान गर्दै आएको छ। 

प्रकाशित: Mar 29, 2022| 20:55 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्