काठमाडौं- भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)र एनआईसी एसिया बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।
मङ्लबार काठमाडौमा एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यस सम्झौता पश्चात् व्यवसायीहरूले एनआईसी एसिया बैंकमार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने छन्। स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिन/दिन सहज, सुरक्षित र भरपर्दो हुने एससीटीले जानकारी दिएको छ।
एससीटीले विगत २० वर्षदेखि भुक्क्तानी सेवा प्रदान गर्दै आएको छ।