मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्धन खपत घटाउन दुई दिन सार्वजनिक बिदा र जोरबिजोर प्रस्ताव

इन्धन खपत घटाउन दुई दिन सार्वजनिक बिदा र जोरबिजोर प्रस्ताव

इन्धन खपत घटाउन नेपाल आयल निगमले साताको दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं– इन्धन खपत घटाउन नेपाल आयल निगमले साताको दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई शनिबार र आइतबार सार्वजनिक बिदासहित १० बुँदे प्रस्ताव पठाएको हो। 

बिदाका दिन सवारीसाधनको प्रयोग कम भई इन्धन खपत घट्ने विश्वास निगमको छ। निजी र सरकारी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ। 

इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्कलगायत गरी प्रतिलिटर १५ रुपैयाँ घटाउन पनि निगमले माग गरेको छ।

पेट्रोल र डिजलबाट चल्ने सवारीसाधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारीसाधनमा प्रोत्साहन गर्ने, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव गर्ने प्रस्ताव पनि निगमको छ।

यस्ताे छ निगमकाे प्रस्ताव


प्रकाशित: Mar 29, 2022| 13:49 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्