मंगलबार, असोज १३, २०८३

तोलामा १३ सय घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो।

हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको थियो। जुन, आज तोलामा १३ सय रुपैयाँको गिरावट आएको छ।

प्रतितोला १३ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ। यसैगरी, आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। 

हिजो तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँमा आइपुगेको छ। 

प्रकाशित: Mar 29, 2022| 11:30 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्