बुधबार, चैत ४, २०८२

काभ्रेपलाञ्चोकमा कोरोना संक्रमण शून्य

जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काभ्रेपलाञ्चोक- जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ। जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो।

National life

चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण नदेखिएको जिल्लास्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीएमसी)का सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए।

उनका अनुसार यसअघि कोरोना संक्रमणको दोस्रो लहरपश्चात अर्थात् मंसिरमा पहिलोपटक जिल्ला कोरोना संक्रमणमुक्त भएको थियो। 

सदरमुकाम धुलिखेलस्थित प्रदेश प्रयोगशालामा कोरोना लक्षण देखिएका व्यक्तिको परीक्षण भइरहने सेढाईँले बताए। काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन्। चार दिनअघि बनेपा नगरपालिकामा रहेका एक कोरोना संक्रिमित पुरुष निको भएपछि जिल्ला कोरोना संक्रमणमुक्त भएको हो। केन्द्रका अनुसार जिल्लामा हालसम्म दुई वर्षको अवधिमा १७ हजार ५५६ मा संक्रमण देखिएकामा १९५ जनाको मृत्यु भएको थियो। कोरोना संक्रमणको तेस्रो लहरमा जिल्लाका एक पुरुषको मृत्यु भएको हो।

यसैबीच जिल्लाको मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्। साथै मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिलेटरमा उपचार गराएकालाई समेत सहयोग गरेको छ।

Laxmi sunrise bank
kumari

मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई ५० हजार र भेन्टिलेटरमा उपचार गरेकालाई २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो। कोरोना संक्रमणबाट उक्त नगरका १८ जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए। 

यस्तै पनौती नगरले पनि कोरोना संक्रमणबाट मृत्यु भएकाको प्रतिपरिवारलाई २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ। नगरमा कोभिड-१९ को संक्रमणबाट १९ जनाको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ। 

प्रकाशित: Mar 29, 2022| 10:43 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्