आइतबार, वैशाख १४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • शरीरदेखि मस्तिष्कसम्म रोनाल्डो बोकेर हिँडिरहेका यी क्रेजी फ्यान

शरीरदेखि मस्तिष्कसम्म रोनाल्डो बोकेर हिँडिरहेका यी क्रेजी फ्यान

रोनाल्डोका अन्य लाखौं–करोडौं फ्यानजस्तै अनिशको पनि जीवनको एउटै इच्छा रोनाल्डोलाई भेट्नु हो। रोनाल्डोलाई भेटेर अंकमाल गर्दै रुन मन छ रे उनलाई।
 |  मंगलबार, चैत १५, २०७८
nespernesper

सृजना राई

सृजना राई

मंगलबार, चैत १५, २०७८

vianetvianet

काठमाडौं– काम विशेषले पुतलीसडकको कम्प्युटर बजारमा जाँदा त्यहाँ काम गर्ने अनिश बराल भेट्नुभयो भने तपाईं अचम्ममा पर्नु हुनेछ। पेशाले सेल्स म्यानेजर भए पनि बराल भएको ठाउँमा जाँदा तपाईंले विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोको संग्रहालयमा गएजस्तो महसुस गर्नुहुन्छ।

triton college

बरालले क्रिस्टियानो रोनाल्डोको तस्बिर भएको जर्सी लगाएका हुन्छन्। उनी बस्ने ठाउँ पछाडि रोनाल्डोको तस्बिर हुन्छ। हातमा रोनाल्डोको ट्याटु खोपेका छन्, हेयरस्टाइल पनि दुरुस्तै रोनाल्डाकै जस्तो बनाएका छन्। कार्यालय होस् वा घर, अनिशलाई ‘नेपाली रोनाल्डो’ भनेर चिन्नेहरू धेरै छन्।

सर्लाहीका अनिश काठमाडौं काँडाघारीमा बस्छन्। एक दशकयता उनको तनमन नै रोनाल्डोमय बनेको छ। उनी रोनाल्डोको वास्तविक नाम पनि एकै सासमा भनिसक्छन्, क्रिस्टियानो रोनाल्डो दोस सान्तोस अभीएरो।

‘रोनाल्डोबाट यति प्रभावित छु कि मलाई आफू रोनाल्डोको एक अंश हो जस्तो लाग्छ,’ उनी सुनाउँछन्, ‘म आफूभित्र रोनाल्डो बसेको महसुस गर्छु। उनको सुस्वास्थ्य र खेल जीवनको सफलताको कामना गर्छु।’

रोनाल्डोकै कारण विश्व फुटबलको क्रेज चुलीमा पुगेको दाबी गर्छन् अनिश। सन् २०१० को विश्वकपमा पोर्चुगल र घानाको खेल हेरेपछि अनिशको ध्यान रोनाल्डोतर्फ तानिएको हो। त्यहीबेलादेखि आजसम्म निरन्तर रोनाल्डोको ‘क्रेजी’ समर्थक बनिरहेका छन्।

National life insurance


रोनाल्डोको खेलप्रतिको लगाव, मेहनत, अनुशासन र व्यक्तित्वले अनिशलाई मोहित बनाएको छ।  रोनाल्डोको प्रशंसा गरेर कहिल्यै नथाक्ने उनी रोनाल्डोले खेलेका कुनै पनि खेल हेर्न छुटाउँदैनन्।

रोनाल्डोका अन्य लाखौं–करोडौं फ्यानजस्तै अनिशको पनि जीवनको एउटै इच्छा रोनाल्डोलाई भेट्नु हो।  रोनाल्डोलाई भेटेर अंकमाल गर्दै रुन मन छ रे उनलाई।

अनिशको कोठाका भित्ता रोनाल्डोका तस्बिरहरुले भरिएका छन्।  बिहान रोनाल्डोको तस्बिर भएको बिछ्यौनाबाट बिउँझेर उनी मोबाइलमा रोनाल्डोको नयाँ गतिविधिबारे अपडेट लिन्छन्। घरमा बस्दा होस् वा अफिस जाँदा हरेक दिन रोनाल्डो झल्किने कपडा लगाउँछन्। उनको दराजमा रोनाल्डोको तस्बिर र ‘सिआरसेभेन’ अंकित टिर्सटबाहेक अरु खासै कपडा छ्रैनन्।  जबजब रोनाल्डोको हेयर स्टाइल परिवर्तन गर्छन, अनिश पनि तुरुन्तै कपाल कटाउँछन्।

अनिशले आफ्नो बर्थडे मनाउन छाडेको धेरै भयो। आफ्नो सट्टामा उनले आफ्ना ‘रोलमोडल’ क्रिस्टियानोकै जन्मदिन मनाउने गरेका छन्। अहिले त अनिशलाई चिन्नेहरुले समेत रोनाल्डोको जन्मदिनको दिन उनलाई नै बधाई दिँदै सरप्राइज दिने गरेका छन।

चिया पिउने कपदेखि घडी, बाइक, बेडको तन्ना, लगाउने कपडा र आफूले प्रयोग गर्ने हरेकजसो सामानमा रोनाल्डोको झल्को दिने चिन्ह प्रिन्ट गरेका छन् उनले। आफ्नो आम्दानीको ८० प्रतिशत रकम रोनाल्डोसँग सम्बन्धित सामग्री खरिदका लागि खर्चिने उनले सुनाए।

नेभर गिभ अपः रोनाल्डो प्रेरणाको स्रोत

सर्लाहीबाट एसएलसी सकेका अनिशले काठमाडौंमा म्यानेजमेन्टमा प्लस टु गरेका छन। सात वर्षअघि काम गर्न थालेका उनी अहिले एक निजी कम्पनीमा सेल्स म्यानेजरका रुपमा  काम गर्छन्।

सधैंजसो काममा व्यस्त हुने अनिशका लागि फुटबल खेलाडी रोनाल्डो मनोरञ्जन मात्र होइन, उनको किशोर अवस्थाका सपनादेखि सात वर्षसम्म गर्दै आएका काम र संघर्षमा प्रेरणाको स्रोत हो, रोनाल्डो। अनिश भन्छन्, ‘रोनाल्डोको फेसन र स्टाइलबाट म प्रभावित भएको छु। त्यो देखिन्छ। तर त्यो भन्दा धेरै उनको कर्मले मलाई प्रेरित गरेको छ।’


रोनाल्डोको मेहनती छविबाट अनिश असाध्यै प्रभावित छन्। कुनै अवस्थामा पनि हार नमान्ने र आफनो बेस्ट दिने प्रेरणा रोनाल्डोबाटै सिकेको उनी सगौरव सुनाउँछन्। भन्छन्, ‘अहिले म आफ्नो पेशामा निपूर्ण छु। जे जति छु रोनाल्डोकै प्रेरणाले हो।’

सधैंजसो काममा व्यस्त हुने अनिशका लागि फुटबल खेलाडी रोनाल्डो मनोरञ्जन मात्र होइन, उनको किशोर अवस्थाका सपनादेखि सात वर्षसम्म गर्दै आएका काम र संघर्षमा प्रेरणाको स्रोत हो, रोनाल्डो।

रोनाल्डोप्रति अनिशको क्रेजलाई सुरुमा परिवारले रुचाउँदैनथे। ‘तँलाई रोनाल्डोले चिन्दैन। चिन्नेवाला पनि छैन। के पाउँछस् यसो गरेर? तेरो पालगपन हो’ भनेर उनलाई परिचितहरुले भनिरहे। तैपनि अनिशले आफ्नो लगाव एकरत्ति कम हुन दिएनन्। ‘मैले मन पराएको व्यक्तित्वलाई पछ्याउनु मेरो निर्णय हो। यसबाट म खुसी छु भने अरुको कुरा किन सुन्नु?’ अनिश भन्छन्।

चिनजानका सबैले अचेल त अनिशलाई रोनाल्डो नै भनेर बोलाउँछन्। उनको लगावलाई सम्मान गर्छन्। अनिशसँगै बसेर फुटबल हेर्छन्। कसैले ‘रोनाल्डो दाइ’ भन्छन् त कसैले ‘रोनाल्डो भाइ’, अनिश खुसी हुन्छन्।

रोनाल्डोका अन्य लाखौं–करोडौं फ्यानजस्तै अनिशको पनि जीवनको एउटै इच्छा रोनाल्डोलाई भेट्नु हो।  रोनाल्डोलाई भेटेर अंकमाल गर्दै रुन मन छ रे उनलाई। तर भेट हुनु र नहुनुले उनलाई फरक परेको भने छैन। वर्षेनी रोनाल्डोको जन्मदिन आफ्नोजस्तै भव्य मनाउने गरेका छन्। भन्छन्, ‘भविष्यमा रोनाल्डोको नाममा आफूले सकेको समाज सेवा पनि गर्ने इच्छा छ।’


प्रकाशित: Mar 29, 2022| 13:07 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।